मान्छेहरु तिमी ‘सक्सेस’ भयौ भन्छन्, तर मलाई त्यो ‘फिल’ भएको छैन: स्वस्तिमा खड्का

स्तिमा खड्का नेपाली चलचित्र उद्योगमा अहिले रोजाइकी नायिका हुन् । ‘होस्टल रिटन्र्स’बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी उनले ‘लभ लभ लभ’बाट मुख्य अभिनेत्रीका रुपमा आफूलाई प्रतुत गरिन् । ‘छक्का पञ्जा–२’, ‘जय भोले’, ‘नाइँ नभन्नु ल–५’ मा मुख्य भूमिकामा अभिनय गरिन् । चलचित्र ‘बुलबुल’मा ‘रणकला’को भूमिका निर्वाह गरेकी उनका निम्ति यो चलचित्र फिल्मी करिअरमा ‘टर्निङ प्वाइन्ट’ बनिदियो । ‘बुलबुल’यता चलचित्रमा उनको माग चुलिएको छ । ‘अफ बिट’का चलचित्र प्राथमिकतामा राख्ने स्वस्तिमा कमर्सियल मुभी पनि आफ्ना लागि उत्तिकै महत्वपूर्ण रहेको बताउँछिन् । कलाकार तथा मेकरहरु आफ्नो चलचित्रको क्रिटिकल समीक्षा सहन नसकिरहेका बेला उनी भने खुला हृदयले समीक्षाको स्वागत गर्छिन् । र, रचनात्मक आलोचनालाई आत्मसात गर्छिन् । उनी आफ्नो प्रतिभामा निखार ल्याउन ‘बुलबुल’ र त्यसका निर्माता विनोद पौडेलको महत्वपूर्ण भूमिका रहेको बताउँछिन् । सँगै दीपकराज गिरीका केही भनाइले पनि उनलाई आफ्नोे कामप्रतिको जिम्मेवारी र लगाव वृद्धि गर्न सहयोग गरिरहेको उनी सुनाउँछिन् ।

प्रकाशित मिति: : 2019-11-02 09:10:11

प्रतिकृया दिनुहोस्