कास्की-२ उपनिर्वाचन: विद्या र देवराजबीच भीडन्तको संकेत !

पोखरा– मंसिर १४ मा हुन लागेको उपनिर्वाचनका लागि उमेद्वार चयनको विषय कास्की २ मा थप पेचिलो बन्दै गएको छ । उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको मिति सकिन एकसाता मात्रै बाँकी रहँदा ठुला पार्टीलाई उमेदवार छान्न सकस परेको देखिन्छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्र्तिक बिहान १० बजेदेखि दिउँसो १ बजे तोकेको छ । सिङ्गो देशकै ध्यान खिचेको कास्की २ उपनिर्वाचन प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान पनि हो । यसअर्थमा पनि कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको कास्की २ मा ठुला पार्टीको मात्र होइन, साना पार्टीले पनि चुनाव जित्न उत्तिकै दाउपेच लगाएका छन् । तर, उमेदवार चयन गर्न भने सकिरहेका छैनन् । रवीन्द्र मिश्रको साझा पार्टी मात्र उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ । 

प्रकाशित मिति: : 2019-11-02 08:46:46

प्रतिकृया दिनुहोस्