रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद, खानेबेला भोकमरी

बाजुरा(मार्तडी) । वर्षेनी बाजुरामा भोकमरी त भईरहन्छ नै, यो भने कात्तिकमै भोकमरी हुने भएपछि यहाँका किसानहरु चिन्तीत भएका छन् । जिल्लाका बुढीगंगा नदी वारपार बाहेकका खेतहरुमा आकाशे पानीको भरमा खेती गरिन्छ । जिल्लाका सबैजसो ठाउमा जेठदेखि असाढ र साउन महिनामा धान रोपिन्छ ।

साउनसम्म जेनतेन धान खेती रोपीसकेपछि भदौमा झारपात निकाल्ने गरिन्छ अनि असोज र कात्तिकको महिनामा भित्र्याएर सकिन्छ । तर यो वर्ष भने जेठमा रोपिएको धान खेती पनि लगातारको वर्षाका कारण असोज महिनाबाट काट्न सुरु गरिएकाले फलेको धान जती सबै माटोमा मिसिएको छ ।

गाईगोरुको लागि प्रयोग हुने पराल पनि सबै कुहिएर नष्ट छ जसका कारण यो वर्ष आफ्नो परिवारलाई विहान बेलुकाको छाक टार्न मुस्कील भएको बताउनु हुन्छ, मार्तडीका कला थापा । कला मात्रै होईन यहाँ किसानलाई यतिखेर धान काट्ने चटारो छ तर विहान बेलुकाको भात भने खाद्यन्नको किनेर खादै आएका छन् । धान रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद हुदा खेतमा लगाएको सबै धान र पराल कुहिएर नष्ट भएको उनको भनाई छ ।

प्रकाशित मिति: : 2019-10-29 06:55:12

प्रतिकृया दिनुहोस्