विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशन मेडिकल कलेजद्वारा अटेर

समयसीमा सकियो, तर रकम फिर्ता भएन

तोकिएभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई पैसा फिर्ता गर्न सरकारले दिएको समयसीमा सकिएको छ । एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकले ७ कात्तिकभित्र कलेजले शुल्क फिर्ता गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै पनि मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । 

 

प्रकाशित मिति: : 2019-10-26 07:18:33

प्रतिकृया दिनुहोस्