महराविरुद्ध करणी उद्योगमा मुद्दा चलाउन राय

महरालाई जिल्ला अदालत काठमाडौ‌मा लगिँदै । तस्बिर : अन्नपूर्ण

 काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो।

महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। ‘म रोशनीको निवास गएको हुँ तर कोठामा प्रवेश गरिनँ। फोन गरें। उठाइनन्’, महराले बयानमा भनेका छन्, ‘त्यसपछि फर्किएको हँु।’ प्रहरीले महरामाथि अर्को प्रश्न गरेका थिए– ‘तपाईंले झन्डै डेढ घण्टा बिताउनुभएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस्।’ यसको जवाफमा महराले आफूले फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको बताएका छन्।

 

 

प्रकाशित मिति: : 2019-10-26 07:16:56

प्रतिकृया दिनुहोस्