भ्रष्टाचारको भाउ : जनताले १४ सयमा पाउने ग्यास सिंहदरबारलाई २५ सय पर्‍यो ?

Photo Credit :lokantar

नेपाल आयल निगममार्फत देशभित्र आयात हुने खाना पकाउने ग्यासको बिक्री मूल्य (ढुवानी भाडा थपघटबाहेक) देशभर समान हुन्छ ।

एउटै क्षेत्र भूगोलमा बस्ने ग्राहकले उस्तै मूल्यमा ग्यास सिलिन्डर साट्न पाउँछन् । जस्तैः काठमाडौंका सबै ग्राहकलाई ग्यासको मूल्य समान पर्छ ।तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा खरिद गरेको ग्यासको खरिद मूल्य आयल निगमले तोकेको मूल्यभन्दा धेरै बढी देखिएको छ ।

यस्तो छ खरिद मूल्यमा अन्तर –

१) २०७५ भदौ १५ गते वनकाली ट्रेडर्सबाट ३ थान ग्यास खरिद

– खरिद मूल्य : प्रतिसिलिन्डर २,५४२ रुपैयाँ
– बजार मूल्य : प्रतिसिलिन्डर १,३७५ रुपैयाँ
– मूल्य अन्तर : प्रतिसिलिन्डर १,१६७ रुपैयाँ

२) २०७५ पुस १९ गते बिन्ध्यावासिनी ट्रेडर्स एण्ड जनरल सप्लायर्सबाट ग्यास खरिद

– खरिद मूल्य : प्रतिसिलिन्डर २,४२९ रुपैयाँ
– बजार मूल्य : प्रतिसिलिन्डर १,४०० रुपैयाँ
– मूल्य अन्तर : प्रतिसिलिन्डर १,०२९ रुपैयाँ

प्रकाशित मिति: : 2019-10-23 13:49:53

प्रतिकृया दिनुहोस्