बर्मेली नेपाली: गोरिनीको खुट्टा मालिस गर्दै सिकेको अंग्रेजी जिन्दगीभर काम लाग्यो

एसबी क्षत्री र उनकी पत्नी विद्या

बर्मेली नेपाली

उनको 'बिजनेस कार्ड' मा एसबी क्षत्री लेखिएको थियो।

'बर्मेलीले ज्ञवाली उच्चारण गर्नै जान्दैनन्, त्यसैले क्षत्री लेख्दिएको,' उनले कार्ड मतिर सार्दै भने, 'ज्ञवाली भनेपछि गुल्मीबाटै आएको होला पुर्खा।'

रंगुनको ४० डिग्री उखरमाउलो गर्मी छल्न १७ डिग्रीको उनको वातानाकूलित कोठामा पंखासमेत घुम्दै थियो। म बर्माको पुरानो राजधानी रंगुनमा बस्न थालेको दुई वर्ष भयो। यहाँ तीनवटा मात्र मौसम छन्- गर्मी, अझ गर्मी र दर्के झरीसहितको थप गर्मी।

प्रकाशित मिति: : 2019-10-23 08:32:17

प्रतिकृया दिनुहोस्