निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : प्रहरीलाई स‌ंगठित तस्करीका संकेत

तस्बिरः नेपाललाइभ

काठमाडौं- मानव अंग बेचबिखन रोक्न कानूनले मिर्गौला लेनदेनका लागि निश्चित पारिवारिक नाता तोकिदिएको छ। नाताभित्रको भए/नभएको यकिन गर्न अस्पतालले तोकेको व्यक्ति संयोजक रहने गरी ‘प्रत्यारोपण स्वीकृति समिति गठन’ गर्ने प्रावधान छ। समितिको मुख्य काम सम्भावित मिर्गौला तस्करी रोक्नु हो। 

सरकारले अस्पताल रअस्पतालका कर्मचारीमाथि गरेको यही भरोसाको दुरुपयोग भयो ललितपुरस्थित निदान अस्पतालमा। आपसी मिलेमतोमा मिर्गौला किनबेच गरेर प्रत्यारोपण गरिएको पाइएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय निकायले भान्जा भनी नाता प्रमाणित गरेका सञ्जीव घिसिङको ठाउँमा अर्कै व्यक्तिको मिर्गौला झिकेर रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जनलाई प्रत्यारोपण गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो।

प्रकाशित मिति: : 2019-10-23 08:23:24

प्रतिकृया दिनुहोस्