'बुद्धिस्ट सर्किट'का लागि दिल्लीबाट छुट्यो सुविधा सम्पन्न अत्याधुनिक ट्रेन

Photo Credit : theluxurytrainsofindia.com

सुख सुविधाले भरिपूर्ण 'बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेन'ले यस सिजनको यात्रा शुरु गरेको छ। अक्टोबर १९ अर्थात् आजै ट्रेन दिल्लीस्थित सफदरजंग रेलवे स्टेशनबाट यात्रामा निस्केको हो। ट्रेनले यात्रीहरुलाई देश विदेशका विभिन्न बौद्ध धर्म विशेष तीर्थस्थलहरुसम्म पुर्‍याउने छ। आठ दिन लामो यात्रापछि रेल पुन: दिल्ली फर्कने छ।

ट्रेनमा एसी फस्ट क्लासमा ९६ सिट र सेकेन्ड क्लासमा ६० वटा सिट रहेका छन्।

के हो 'बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेन'को विशेषता? 

अत्याधुनिक बुद्धिस्ट सर्किट टूरिस्ट ट्रेनलाई आइआरसिटिसीले तयार गरेको हो। यस ट्रेनमा एसी फर्स्ट क्लासकै भाडा झण्डै सवा लाख भारतीय रुपैयाँ पर्छ। त्यस्तै सेकेन्ड क्लासका यात्रुले एक लाख भारतीय रुपैयाँ तिर्नु पर्छ।

विदेशी यात्रुहरुको मागलाई मध्यनजर गर्दै बनाइएको यस ट्रेन भित्र दुई रेस्टुरेन्ट छन्। प्रत्येक रेस्टुरेन्टमा एकसाथ ६४ यात्रु खाना खान सक्छन्।

प्रकाशित मिति: : 2019-10-20 08:03:09

प्रतिकृया दिनुहोस्