आलमले जिउँदै इँटाभट्टामा पोलेका पिन्टुका बुवाले खोले रहस्य, यस्तोसम्म भएको थियो !

जनकपुरधाम – २०६४ साल चैत २८ गते ऐतिहासिक संविधान सभाको पहिलो चुनाव थियो । रौतहटबाट नेपाली कांग्रेसका आफ्ताब आलम पनि चुनाव लडेका थिए ।

मन्त्री समेत बनिसकेका सांसद आलम तिनै व्यक्ति हुन्, जो अहिले प्रहरी हिरासतमा छन् । 

आलमकै गाउँनजिक रहेको साबिक सरुठवा गाविस वडा नम्बर २ तथा हाल यमुनामाई गाउँपालिका वडा नम्बर ४ का श्रीनारायण सिंह नेपाली कांग्रेसमै लागेका थिए ।

सिंह त्यतिबेला कांग्रेसको क्रियाशील सदस्य थिए । 

चैत १८ गते उनी खेतमा गहुँको बाली कटाउनका लागि गएका थिए । 

साँझतिर घर फर्के । श्रीमती कमलाले छोरा पिन्टुलाई चुनाव प्रचारका लागि आलमका मान्छेले लगेको बताइन् ।

घरमा पिन्टु भनेर बोलाउने गरेपनि वास्तविक नाम भने त्रिलोकप्रताप सिंह हो । पिन्टु त्यतिबेला २२ वर्षका थिए । बिहे भएको थिएन ।

आफ्नै पार्टीको नेताले चुनाव प्रचारमा लगेको भनेपछि श्रीनारायणले खासै चासो दिएनन् ।

चैत्र २७ गते साँझ अचानक बम विस्फोटको आवाज सुनियो । उनलाई के थाहा, त्यही आवाजसँगै आफ्नो मुटुको टुक्रा चुडिँदैछ ।

‘बम विस्फोटको आवाज यति ठूलो थियो कि मेरो गाउँमा पनि सुनियो, छेउका अन्य गाउँहरूमा पनि सुनियो,’ उमेरले अहिले ८० वर्ष पुगिसकेका श्रीनारायणले त्यो कहालीलाग्दो क्षणबारे लोकान्तरसँग भने, ‘राजपुरमा भएको त्यो विस्फोट मेरो गाउँ सरुठवा र बीचको गाउँ फतवा पनि त्यत्तिकै सुनियो ।’ 

प्रकाशित मिति: : 2019-10-17 19:28:43

प्रतिकृया दिनुहोस्