सामाजिक सञ्जालमा चुलिँदो चर्चा र कटाक्ष : एनआरएनए अर्थात् नचाहिने नेपाली?

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा चलिरहेको छ। सम्मेलनमा भाग लिन आएका गैरआवासीय नेपालीहरुका क्रियाकलापहरु माथि टिकाटीप्पणी भइरहेका छन्। विमानस्थलमा तोडफोड गर्नेदेखि सम्मेलन स्थलका टेबलकुर्ची तोडफोड गर्नेसम्मका हर्कतहरुका विषयमा धेरैले सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरु राखिरहेका छन्।

कतिले गैरआवासीय नेपालीको छोटकरी रुप एनआरएनएलाई आफ्नै तरिकाले अर्थ्याएका छन्। उनीहरुको हर्कतबाट गैरआवासीय नेपाली भन्न नसुहाउने भन्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ता सुजीव शाक्य लेख्छन्, 'एनआरएनएको अर्थ नन् रिक्वाएर्ड नेप्लिज (नचाहिने नेपाली) पनि हुनसक्छ।'

प्रकाशित मिति: : 2019-10-17 18:48:12

प्रतिकृया दिनुहोस्