आलम आतंक : १२ वर्षपछि आलम पक्राउ, १५ जनाको दरबन्दी भएकाे इलाका प्रहरी कार्यालयमा ९० प्रहरी खटाइयाे

आलम पक्राउ परेपछि उनको इलाकामा वितण्डा हुने त्रासमा प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइए

स्थलगत रिपोर्ट

रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ । हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६:१५ मा भएको थियो बम विस्फोट । 

१२ वर्षपछि बुधबार अपराह्न नयाँ पत्रिका टिम सो गाउँ पुग्दा सन्नाटा थियो । इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए । १५ जनाको दरबन्दी भएको कार्यालय ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो । 

प्रकाशित मिति: : 2019-10-17 09:00:44

प्रतिकृया दिनुहोस्