उडान किन ढिला हुन्छ? दोष एयरलाइन्स कि विमानस्थलको?

तस्बिरः सेतोपाटी

प्रदेश-२ का राष्ट्रिय जनता पार्टी सांसद प्रमोदकुमार साहले सोमबार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा अभद्र व्यवहार गरे। जहाज ढिला आएको झोंकमा सांसद साह आक्रोशित भएर एयरलाइन्स काउन्टरका कर्मचारीसँग बाजाबाज गर्न भ्याए। बिरामी यात्रुले लामो समय कुर्नुपरेको भन्दै उनी झोंक्किएका थिए।

लगत्तै वायुसेवा सञ्चालक संघले उनलाई पक्राउ गर्न माग गर्‍यो। साहले काउन्टर तोडफोड गरेको आरोप एयरलाइन्स सञ्चालकहरूको संस्थाले लगाएको छ। मंगलबार प्रहरीले उनलाई काठमाडौं विमानस्थलमा पक्राउ गर्‍यो।

प्रकाशित मिति: : 2019-10-16 08:43:05

प्रतिकृया दिनुहोस्