क्रिकेटका एकलव्य

तस्बिरः नेपालन्यूज

त्रिभुवन विश्वविद्यालय परिसरको सुनसान जंगल। दिउँसोको चर्को घाम। शरीरभरि पसिनै पसिना।

जंगलभित्र रहेको बास्केटबल मैदानमा उनी एक्लै यताउति दगुरिरहेका थिए।

भुईंमा हरियो स्प्राईटको बोतल राखेर उनी सिधा बल हाल्ने गरिरहेका थिए। उनी बोतल ढाल्न खोज्दै थिए।

घरि यता, घरि उता कुदिरहनु परेको थियो। आफैंले फालेको बल आफैं ल्याईरहेका थिए।

उनीमा एक किसिमको उत्कट इच्छा छ। जसलाई उनी कुनै हदमा पनि पुरा गर्न चाहन्छन्।

प्रकाशित मिति: : 2019-10-15 09:25:29

प्रतिकृया दिनुहोस्