आकर्षक लाभांश दिँदा पनि तानिएनन् लगानीकर्ता, नेप्से ओरालो लाग्‍ने क्रम जारी

नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गर्दा पनि लगानीकर्ता सेयर खरिदमा उत्सुक देखिएनन्। आज मात्र एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा गर्‍यो। तर उक्त बैंकको सेयर बढ्नुको सट्टा झन ओरालो लग्दै प्रतिकित्ता ५ सय ६० रुपैयाँमा कारोबार हुन पुग्यो।

एभरेष्ट बैंक मात्र होइन अन्य कम्पनीले पनि आकर्षक लाभांश दिँदासमेत लगानीकर्ता सेयर खरिद भन्दा बिक्री गर्ने तर्फ लागेका छन्।

प्रकाशित मिति: : 2019-10-14 16:37:33

प्रतिकृया दिनुहोस्