गृहलाई सक्छस् भने रोकेर देखा भनेपछि...

nepalnews

बिहीबार गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा रहेको फोनको रिङ बज्यो। गृहमा कार्यरत एक कर्मचारीले फोन उठाएर सोधे ‘काम के थियो होला?’

उताबाट आवाज आयो ‘मैले नेपाल टेलिकमको वेबसाइट ह्याक गरिसकें। अब नेपाल राष्ट्र बैंकको वेबसाइट र सिस्टमसमेत ह्याक गर्दैछु, सक्छस् भने रोकेर देखा।’

ती कर्मचारीले तत्काल मन्त्रालयको सम्बन्धित अधिकारीलाई जानकारी गराए। त्यसपछि नेपाल प्रहरीको हेडक्‍वार्टरलाई समेत जानकारी गराइयो। गृहमा ९८०७६५३८१७ फोनबाट बिहीबार नै पुन दुई पटक फोन आयो। त्यसमा फेरि उही धम्की दोहोरियो– ‘म नेपाल राष्ट्र बैंकको वेबसाइट र सम्पूर्ण सिस्टम नै ह्याक गर्दैछु, सक्छस् भने रोकेर देखा।’

उही नम्बरबाट शुक्रबार बिहान पनि फोन आयो। फोन गर्ने मान्छेले फेरि उही कुरा दोहोर्‍याए। उनले यसपटक आफूले यस विषयको जानकारी सिराहा प्रहरीलाई समेत दिइसकेको बताए।

प्रकाशित मिति: : 2019-10-13 22:29:36

प्रतिकृया दिनुहोस्