लक्ष्मी बर्देवा अभिनयको बलले नेपाली चलचित्र क्षेत्रमा स्थापित भइरहेकी छन्। उनले महिला टेम्पो चालकको भूमिकामा खेलेको पछिल्लो फिल्म 'बुलबुल' सफल रह्यो। उनको अभिनयले दर्शकसम्म अलग्गै प्रभाव छाड्यो।त्यो प्रभावलाई पशुपतिप्रसादमा विपीन कार्कीले गरेको 'भष्मे डन' पात्रसँग पनि तुलना गर्न सकिन्छ। अहिलेका केही सिनेमामा पात्रको चरित्र र सम्बन्ध निर्माण पृथक् हुँदै गइरहेका छन्।