भ्रमण वर्ष२०२०: "ठूला पूर्वाधारमा समस्या छ, आवासमा छैन"

NTB

नेपाल भ्रमण वर्ष सुरु हुन करिब तीन महिना मात्र बाँकी रहेको अवस्थामा निकै 'महत्त्वाकाङ्क्षी' भनिएको उक्त कार्यक्रमलाई भनिए जस्तै सफल बनाउन निकै ठूलो चुनौती रहेको पर्यटन व्यावसायीहरुले बताएका छन्।

कार्यक्रम सुरु हुन धेरै समय नरहेको अवस्थामा पूर्वाधार विकास र प्रचार प्रसारमा अपेक्षित ढङ्गबाट काम हुन नसकेको उनीहरूको भनाई छ।पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाका रूपमा अर्थ्याइएको भए पनि आवश्यकता अनुसार लगानी र नीतिगत व्यवस्था पारित गर्न समय लगाइएकाले भ्रमण वर्ष सफल हुने वा नहुने विषय पेचिलो बन्दै गएको जानकारहरू बताउँछन्।

प्रकाशित मिति: : 2019-09-28 11:03:34

प्रतिकृया दिनुहोस्