बैङ्‍क अफ काठमान्डुका पूर्वसिइओसहित तीनजना थुनामा, नाै अभियुक्तलाई धरौटी

तस्बिरः नेपाल न्यूज

उच्च अदालत पाटनले बैङ्क अफ काठमान्डु कर्जा अपचलन मुद्दामा पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइअाे) अजय श्रेष्ठसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासमा भएको सुनुवाईपछि गरिएको आदेशमा श्रेष्ठसँगै बैङ्कका कर्मचारी किरणकुमार बोहोरा र सुरेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि थुना राख्न भनिएको हो।

अभियुक्त मध्येका सुरेन्द्र श्रेष्ठले झुटा विवरण तयार पारी धितो राखेको र अजय श्रेष्ठले विवरण यकिन नगरी स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ। यस्तै, प्रतिवादी बोहोरा कर्जा प्रवाहको जिम्मेवार भूमिकामा देखिएकाले कसुर गरेको होइनन् भन्ने प्रमाण तत्काल नरहेको आदेशमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-09-28 00:07:43

प्रतिकृया दिनुहोस्