यसकारण दसैं रोज्छन् चलचित्र निर्माता

तस्बिरः बाह्रखरी

काठमाडौं । चलचित्र निर्माता तथा निर्देशकका लागि चलचित्र रिलिजको पहिलो रोजाइ हुने गर्छ– बिदाको दिन । त्यसमा पनि अक्सर दसैं, तिहार सधैँ सबैको आँखामा पर्छ । तर यो वर्ष नेपाली चलचित्रले दसैं रोजेनन् । रोजेर रिलिज डेट लिएका पनि पछि हटे । कारण बन्यो– हिन्दी चलचित्र ‘वार’को आगमन । ‘वार’ अक्टोबर–२ (असोज १५) मा रिलिज हुने भएपछि दीपकराज गिरी पनि पछि हटे । उनको ‘छ माया छपक्कै’ दसैंपछि असोज २४ गते रिलिज हुने भयो । 

अन्य समयको तुलनामा बिदामा चलचित्र हेर्ने दर्शकको संख्या बढी हुने गरेकाले यो समय छिनाझप्टी बढी हुने गरेको छ । सार्वजनिक बिदा तथा दसैं तिहारमा रिलिज डेट लिन खोज्नु स्वाभाविक रहेको निर्देशक विनोद पौडेल बताउँछन् । “बिदाको समय सपरिवार बसेर रमाइलो गर्ने चलन हुन्छ । त्यसैले के गर्ने त भन्दा सबै चलचित्र हेर्न जाउँ भन्ने भएकाले तुलनात्मक हिसाबमा यो समय बक्स अफिसमा पनि राम्रो व्यापार हुने गरेकाले निर्माता तथा निर्देशकको रोजाइमा पर्व पर्छन्,” विनोद भन्छन्, “नेपालमा मात्रै होइन, संसारभर नै यो प्रचलन छ । बलिउडदेखि हलिउडसम्म पनि यही नै हो ।”

प्रकाशित मिति: : 2019-09-28 00:03:45

प्रतिकृया दिनुहोस्