मृतकका आत्माको शान्ति कामना किन महिनैपिच्छे?

परिवारका दिवंगत सदस्यको आत्माको शान्ति कामना गर्दै उपाको यात्रा। तस्बिर: सेतोपाटी

काठमाडौंको सबभन्दा ठूलो उत्सव ‘येँया’, अर्थात् इन्द्रजात्रामा लाखे, पुलुकिसी, देवीनाच, महाकाली नाच, दसअवतार र कुमारी रथयात्रा विशेष आकर्षण हुन्। र, येँया यति मात्र होइन। यो यस्तो पर्व हो, जहाँ मनोरञ्जन मात्र हुँदैन, परिवारका दिवंगत सदस्यको आत्माको चिरशान्तिको कामना पनि गरिन्छ।

त्यसैको उदाहरण हो, उपाकु र बौमतः।

हनुमानढोकामा यःसि ठड्याएको दिन मंगलबार केही मानिस उपाकु गएका थिए भने आज शुक्रबार कुमारी रथयात्राको पहिलो दिन बौमतः निकालिन्छ। यी दुवैमा आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्दै हिँडिन्छ। ‘उपाकु वनेगु’ भनेर काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा धुप र काँचो (नपोलेको) दियो बाल्दै हिँड्यो उत्सवले पितृहरूको आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ। लिच्छवि कालबाट सुरू भएको उपाकुमा भीमसेनस्थान, भगवतीबारी, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ।

प्रकाशित मिति: : 2019-09-14 08:39:59

प्रतिकृया दिनुहोस्