भ्रष्टाचारमा शून्य सहनशीलताको बाटोमा सेना

तस्बिरः राजधानी

काठमाडौं। नेपाली सेनालाई भ्रष्टाचार मुक्त र संगठनलाई अझै विश्वसनीय बनाउन भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक इतिहासमै पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार जंगीअड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै नेपाली सेनाको वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गरेको घोषणा गरेका हुन् ।

‘मैले आजैका मितिमा वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ प्रधानसेनापति थापाले सम्बोधनका क्रममा भने । प्रधानसेनापति भएलगत्तै सेनाभित्रका विकृति सुधार गर्ने योजनाअनुसार ‘प्रधानसेनापति मार्ग निर्देशन कमान्ड २०७५’ लागू गरेका थापाले सेनाभित्रको क्यान्सरलाई आफ्नो कार्यकालमा निको पारेरै छाड्ने प्रतिबद्धतासमेत जनाए ।

प्रकाशित मिति: : 2019-09-11 07:37:28

प्रतिकृया दिनुहोस्