आरतीमा राष्ट्रगान विवाद–उपयुक्त देखिएन : सञ्चालक समिति, नबजाए कारबाही : विकास कोष

तस्बिरः बाह्रखरी

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आरती गर्ने बेला राष्ट्रगान बजाउने कि नबजाउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । सरकारको निर्देशनपछि आरती गर्ने बेला बजाइँदै आएको राष्ट्रगान दुई दिनदेखि बन्द गरिएको छ । तर पशुपति क्षेत्र विकास कोषले सरकारले दिएको निर्देशन नमाने सम्झौता रद्द गरेर कोषले नै आरती गर्ने चेतावनी दिएको छ ।

मंगलबार बेलुका पनि सरकारले दिएको निर्देशन अवज्ञा गर्दै आरती सेवा सञ्चालक समितिले राष्ट्रगानबिना नै आरती गरेको छ । “हामीले केहीदिन राष्ट्रगान बजाएर आरती सुरु गरेका थियौं, विभिन्न बुद्धिजीबी र संस्कृतिविद् सत्यमोहन जोशीले समेत आरतीका बेला आराधना मात्रै गर्दा राम्रो हुन्छ भन्नुभयो । त्यसैले राष्ट्रगानबिना नै आरती गरेका हौं,” आरती सेवा सञ्चालक समितिका उपाध्यक्ष डा. वासुदेव कृष्ण शास्त्रीले भने ।
उनले विश्वका कुनै पनि देशमा आरतीका बेला राष्ट्रगानको प्रचलन नभएको पनि बताए ।

प्रकाशित मिति: : 2019-09-10 20:40:39

प्रतिकृया दिनुहोस्