उद्योगको जग्गा बिक्री गर्ने बाटो खुल्यो

तस्बिरः नागरिक

काठमाडौं - प्रतिनिधिसभाले भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्दै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले आफनो स्वामित्वमा रहेको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न बाटो खोलिदिएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयकको दफा १२ (ख) मा नेपाल सरकारले तोकेको सर्तको अधिनमा रही अर्को ठाउँमा सट्टपट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्ने भनी उल्लिखित प्रावधानले बिक्रीको बाटो खोलिदिएको हो।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

‘नेपाल सरकारको राजपत्रमा आदेश जारी गरेर तोकिएको हदबन्दीभित्रको जग्गामा स्थापित कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था अन्यत्र स्थानान्तरण गर्नुपर्ने वा सट्टापट्टा गर्नुपर्ने उचित र पर्याप्त कारण देखाई दिएको निवेदन मनासिब देखिएमा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा नेपाल सरकारले तोकेको सर्तको अधिनमा रही अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्नेछ’, विधेयकको दफा १२ मा उल्लेख छ।

प्रकाशित मिति: : 2019-09-10 07:23:00

प्रतिकृया दिनुहोस्