राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरु पनि मिडियाका चुनौती

भारतले चन्द्रमामा विजय प्राप्त गर्ने प्रयास गरेको छ। यो गर्वको क्षणमा म एकैसाथ चन्द्रमा र मेरो पैतालामुनिको जमिनमा पनि हेरिरहेको छु। मेरो सडकमा ज्वालामुखी र खाल्डा छन् जुन चन्द्रमाभन्दा अधिक छन्। दुनियाँभर प्रजातन्त्र आगोमा छ, जसले चन्द्रमाको जस्तै शीतलता खोजिरहेको छ। तर यो आगो केवल ती सूचनाले निभाउँछ जुन शुद्ध होस् र आँटसहितको। बयानबाजी नहोस्। जति शुद्ध हाम्रा सूचना हुन्छन्, त्यति नै गहिरो विश्वास नागरिकमा हामीप्रति हुन्छ। 

सूचनाले राष्ट्र बनाउन सहयोग गर्छ। अर्कातिर झुँटा समाचार, प्रोपागान्डा (अधिकप्रचार) र गलत इतिहासले भिड सिर्जना गर्न सघाउँछ। दुनियाँको अन्य भागमा मेरा विचार राख्ने अवसर दिएकोमा रोमन म्यागसेसेप्रति कृतज्ञ छु। तपाईंलाई थाहा छ कि म शुद्ध हिन्दीवाला हुँ र तपाईंहरुको सुविधाका लागि मेरो साथीले यो भाषणलाई अंग्रजीमा अुनवाद गर्नुभएको हो। त्यसकाण मेरो उच्चारणमा र मेरा भाषणमा केही लेख पर्न गएमा क्षमा चाहन्छु। दुई महिनाअघि म अफिसको कुनामा दैनिक प्रसारणका लागि काम गरिहेको थिएँ, त्यही बेला मोबाइलमा आएको एउटा कल उठाएँ। त्यो फिलिपिन्सबाट आएको नचिनेको अन्तराष्ट्रिय नम्बर थियो। मलाई लागेको थियो कि यो ‘ट्रोल कल’ हो। किनभने मलाई आउने धेरै ट्रोल कलमध्ये फिलिपिन्सबाट पनि आउँथे।

यदि साँच्चै  उनीहरु फिलिपिन्समा रहेका छन् भने  म यो अवसर उनीहरुलाई स्वागत गर्न प्रयोग गर्न चाहन्छु। म अहिले यहीँ छु। 

तैपनि म ती दिनमा पुगेँ र मैले मेरी सहकर्मीतर्फ फर्केर सोधेँ, मेरो ट्रोल कलमा प्रयोग हुने भाषा सुन्न उनी इच्छुक होलिन्? मैले मेरो मोबाइल लाउड स्पिकरमा राखेँ र अर्को कुनाबाट एउटा महिलाको आवाजले बधाई दिइरहको थियो, 'कृपया म के रवीश कुमारसँग कुराकानी गर्न सक्छु?' 

मेलै मेरो जीवनमा हजारौं ट्रोल कल पाएको छु तर कहिले पनि महिलाबाट आएको छैन। मैले तुरुन्तै मेरो मोबाइलको स्पिकर बन्द गरेँ र फोनम कानमा लगाएँ। जटिल अंग्रेजीमा ती महिलाले मलाई सूचित गरिन् कि मैले रामोन म्यागसेसे पुरस्कार पाएँ। 

हामी पत्रकार र आम नागरिकका रुपमा परीक्षण हुने समयमा बाँचिरहेका छौं। अहिले हाम्रो नागरिकता परीक्षणमा छ र यसबारेमा कुनै गल्ती छैन, हामी लड्न जरुरी छ।

प्रकाशित मिति: : 2019-09-07 14:51:04

प्रतिकृया दिनुहोस्