चरम गरिबी र अशिक्षाको मार : साङ्लोमा ९८ वर्षीया वृद्धा

तस्बिरः नयाँ पत्रिका

सिरहा नगरपालिका–१२ सारश्वर गाउँकी ९८ वर्षीया अमिना खातुन । तीन महिनाअघि उनको मानसिक सन्तुलन गुम्यो । उनलाई उपचार र स्याहारको खाँचो छ । तर, परिवारको चरम गरिबी र अशिक्षाका कारण उनले साङ्लोमा बाँधिएर दिन गुजार्नुपरेको छ ।

मजदुरी गरेर परिवार पाल्ने छोरा मोहम्मद सोएबले गाउँले सहयोग दिएको ९/१० हजारले आमाको सामान्य उपचार गराए । तर निको भएन । आमाले गाली गर्ने हुनाले उनकी पत्नी रुबी खातुन माइत गएर बसिन ।

मजदुरीमा जाँदा सोएब आमालाई घर छेउको सामुदायिक भवनमा बाँधेर राख्छन् । ‘आमाको समस्याले मन पिरोल्छ, उपचार गर्न मन छ तर मजदुरी गरेर छोराछोरीको  पेट पालुँ कि आमाको उपचार गरुँ ?’ सोएबले पीडा सुनाए ।      

प्रकाशित मिति: : 2019-08-31 07:48:40

प्रतिकृया दिनुहोस्