खुल्यो १६ बाँदर मृत्युको रहस्य ! (भिडियो सहित)

तस्बिरः अनलाइनखबर

२७ साउन, चौतारा । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी– १३, ठूलो सिरुवारीका पुष्पाखर दुलाल गत मंगलबार रुम्सीस्वाँरामा गोरु चराउँदै थिए । मध्यान्ह चार बजेतिर आफ्नो गोठ भन्दामाथिको महाकाँलेश्वर मन्दिरको गुठी खेतमा उनले बाँदरको हुल झुम्मिरहेको देखे ।

गाउँवस्ती भन्दा अलि टाढा जंगलले घेरिएको खेतमा बाँदरको हुल देखिनु नौलो कुरा थिएन । खेतमा धान रोपाइँ सकिसकेको थियो । पाँच बजे आसपासमा बाँदरहरू अनोठो आवाज निकालेर कराउन थाले । त्यसपछि पुष्पाखर गोठमा गोरु बाँधेर बाँदरको हुल खेलिरहेको खेततिर उक्ले । उनी पुग्दा पानी जम्मा गर्न बनाइएको ट्याङ्की वरिपरि झुम्मिएका बाँदर कराइरहेका थिए ।

बलात्कारको बढ्दो ग्राफः आफन्तबाटै सुरक्षित छैनन् पीडितहरू, साउनयता मात्रै २२२३ बलात्कारका घटना

सिमेन्टले प्लास्टर गरिएको ट्याङ्की नजिक जान भने दुलाल सकेनन् । ‘नजिक जान खोज्यो कि बाँदरहरू झम्टिन आइहाल्थे’ उनी भन्छन्, ‘त्यतिबेलासम्म ट्याङ्कीभित्र एउटा बाँदर फसिसकेको रहेछ, फसेको साथीलाई मार्ला भनेर हो कि किन हो ? अरुबेला भन्दा आक्रमक भएर झम्टिन आए ।’

जसले आफू कुल्लीमा काम गरेर पनि श्रीमतीलाई छोरीसँगै पढाइरहेका छन्

७५ वर्षीय पुष्पाखर जोड–जोडले चिच्याउन थालेपछि स्थानीय क्षेत्रबहादुर दुलाल पनि त्यहाँ आए । नजिकै गोठ भएका होमनाथ चौलागाई पनि आइपुगेपछि बाँदर केही हच्किएजस्तो देखियो ।

प्रकाशित मिति: : 2019-08-12 17:39:25

प्रतिकृया दिनुहोस्