पौन चार खर्ब ‘बालुवामा पानी’

तस्बिरः नागरिक

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ।  शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रष्ट पारेको छ।

परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

सरकारले अध्ययन गरेको कक्षा पाँचका विद्याथीको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाअनुसार गणित विषयमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमअनुसारको न्यूनतम सिकाइ उपलब्धि प्राप्त गर्न सकेका छैनन्।  सोही कक्षाको नेपाली विषयमा ५५ प्रतिशत विद्यार्थी नेपाली भाषामा आफैं वाक्य गठन गर्न नसक्ने अवस्थाका छन्।  यस आधारमा सरकारको लगानी खेर गएको देखिन्छ।

नमूना स्कुलको नमूना काम : भण्डारा दाजुभाइलाई शिक्षाको न्यानो घाम (भिडियोसहित)

केन्द्रका प्राविधिक अधिकृत श्याम आचार्यका अनुसार केन्द्रले कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको गणित र नेपाली विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो।

२०७५ साल फागुनमा केन्द्रले विद्यार्थीको गणित र नेपालीमा उपलब्धिको राष्ट्रिय परीक्षण गरेको थियो।  एक हजार चार सय विद्यालयका २८ हजार तीन सय ८१ विद्यार्थी, एक हजार चार सय शिक्षक, एक हजार चार सय प्रधानाध्यापकलाई परीक्षणमा समेटिएको थियो।  साढे दुई करोड रुपैयाँ खर्च गरेर गरेको अध्ययनको नतिजाअनुसार परीक्षणमा नमुनाका रूपमा लिइएका विद्यार्थीको प्राप्तांकका आधारमा पूरै नेपालका कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको नतिजाको रूपमा सामान्यीकरण गरिएको उल्लेख छ।

प्रकाशित मिति: : 2019-08-07 09:47:18

प्रतिकृया दिनुहोस्