...अनि मिर्गौला बेच्न तयार भएँ [भिडियो]

नेपाल लाइभ

अर्जुन जिसी सुत्ने तरखरमा थिए। त्यति नै बेला उनको फोनमा घन्टी बज्यो। फोन एक जना नातेदार भाइको थियो।

फोन उठाए।

'दाइ, विष्णु होटलबाट हराएको ५ दिन भएछ। मलाई होटलवालाले फोन गरेको थियो, आफन्तलाई खबर गर्नु भनेर। के गर्ने होला?’ फोनमा ती भाइले भने।

अर्जुन झस्किए। उनी विलखबन्दमा परे।

विष्णु खड्का नाताले उनका भाइ पर्ने थिए। अचानक भाइ हराएको खबरले उनी चिन्तामा परे। आँखामा निद्रा आउने कुरै थिएन। उनले थप सोधखोज गरे।

भाइ विष्णु गोंगबुको एक होटलमा घरमा काम गर्थे।

उनले चिनजानका साथीभाइ र आफन्तलाई फोन गरेर सोधखोज गरे। पत्ता लागेन।

यो पनि पढ्नुस्

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

 बिहानको ४ बजे मिर्मिरे उज्यालोमै उनले साथीहरूलाई बोलाए। र, विष्णुले काम गर्ने होटलमा गए। सोधखोज गरे।

'मिर्गौला बेच्न पक्कै विष्णुलाई भारत लगेको हुनुपर्छ,' होटल सञ्चालक अस्मिता थापाले शंका गरिन्। बेलाबेला उनको होटलमा आएका केही मान्छे मिर्गौला किनबेचका कुरा गर्ने गरेको सुनेर थापाले त्यस्तो लख काटेकी थिइन्...

प्रकाशित मिति: : 2019-08-05 22:40:36

प्रतिकृया दिनुहोस्