भारतीय छायामा नेपाली ‘साग’

दक्षिण एसियाली भूराजनीतिको चपेटामा पर्दै आएको क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो मेला ‘साग’ को १३औं संस्करण पनि प्रभावित हुने सम्भावना बढेर गएको छ।

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण काठमाडौं र पोखरामा आगामी मंसिर १५ देखि २४ सम्म आयोजना गर्ने नेपालको योजनामा भारतको सहभागितामा अन्योलता भएका कारण साग हुने अनिश्चित भएको छ।

सन् १९८४ मा पहिलोपटक नेपालमा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को आठौं संस्करण १९९९ मा पनि काठमाडौंमै सम्पन्न भएको थियो। श्रीलंकामा २००६ मा सम्पन्न १०औं संस्करणदेखि यसको नाम परिवर्तन गरेर साग राखिएको थियो।

यो पनि हेर्नुहोस् 

सालिकको कथा

नेपालको आफ्नै तयारी नपुग्दा २०१८ फेब्रुअरी–मार्चमा हुनुपर्ने प्रतियोगिता तेस्रोपटक सरेर मंसिर पुगेको होे। दक्षिण एसियाली ओलम्पिक काउन्सिल बैठकले मंसिर १५ देखि काठमाडौं र पोखरामा साग आयोजना गर्ने नेपालको प्रस्तावमा सहमति जनाएपछि यो मितिका लागि सरकार र नेपाल ओलम्पिक कमिटीले युद्धस्तरमा काम गरिरहेका छन्।

तथापि, उसै कम भौतिक पूर्वाधार भएको देशमा २०७२ को भूकम्पबाट केही खेलस्थलमा क्षति पुगेपछि नेपालको तयारी चुनौतिपूर्ण बनेको छ। तेस्रोपटक सरेको मंसिर १५ को मितिसम्ममा सबै पूर्वाधार तयार भइसक्ने सरकारले दाबी गरे पनि अझैसम्म यसकै कारण १३औं साग फेरि पर धकेलिन सक्ने सम्भावना बाँकी छ।

यसमा दक्षिण एसियाको सदावहार महारथी भारतले अझैसम्म सहभागी हुने यकिन निर्णय नदिँदा साग समयमा नहुने शंका बढ्दै गएको हो। भारतले अहिलेसम्म आफ्नो सहभागिताबारे निर्णय गरिसकेको छैन।


‘नरिन्दर धु्रव बत्रा नेतृत्वको भारतीय ओलम्पिक संघले यस क्षेत्रमा आफ्नो प्रभाव पार्न खोजिहाल्छन्। बत्रालाई भारतको शक्ति र प्रभावबारे थाहा छ।’


भारतीय ओलम्पिक संघ (आइओए) का अध्यक्ष नरेन्दर ध्रुव बत्रा अन्तर्राष्ट्रिय हक्की महासंघका अध्यक्ष हुन्। नेपालमा आयोजना हुने भनिएको १३औं सागमा हक्की समावेश नगरिएकोमा बत्रा सन्तुष्ट नभएको र उनले जसरी पनि हक्की समावेश गर्न दबाब दिइरहेको सम्बद्ध स्रोतको दाबी छ।

‘हक्की समावेश नगरे बत्राले भारतको सहभागिता नहुने चेतावनी दिएका छन्,’ नेपाल ओलम्पिक कमिटी (एनओसी) का एक पदाधिकारीले नेपालन्युजसँग भने।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको समेत अध्यक्ष रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ भने भारतको सहभागितामा कुनै समस्या नरहेको बताउँछन्। काउन्सिलको बैठकमा निर्णय भएको विषयमा सहभागी कुनै पनि देशको ‘रिकन्फर्मेसन’ आवश्यक नहुने उनको तर्क छ।

 महिलाको सफल कथा–२ 

 आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

 

‘सबै देशका ओलम्पिक कमिटीको उपस्थितिमा काउन्सिल बैठक बस्छ र त्यसैले निर्णय गर्छ। त्यसैले काउन्सिलले निर्णय गरेपछि कुनै पनि देशले सहभागिता कन्फर्म गर्नुपर्दैन र विगतमा पनि त्यस्तो गरेको प्रचलन छैन,’ साग तयारीका लागि बनिरहेका भौतिक पूर्वाधारको अवस्था अनुगमन गर्न आइतबारमात्र गठित संसदीय उपसमितिमा संयोजकको जिम्मेवारी पाएका श्रेष्ठले भने, ‘भारतको सहभागितामा कुनै समस्या रहेको हाम्रो जानकारीमा छैन। हामी भारतीय आइओएका पदाधिकारीहरूसँग नियमित सम्पर्कमा छौं। उहाँहरू सहभागिताका लागि प्रतिबद्ध हुनुहुन्छ, बरू उहाँहरूलाई निर्धारित समयमा हामीले आयोजना गर्न नसकौंला कि भन्ने चिन्ता छ। त्यसमा हामीले उहाँहरुलाई आश्वस्त पारेका छौं। धेरै देशले टिम तयारी पनि सुरु गरिसकेका छन्।’

आयोजकले ‘एक्रिडिटेसन कार्ड’ का लागि मिति तय गरेपछि मात्र सम्बन्धित देशले सहभागिताका लागि खेल, नाम र सहभागी संख्या पठाउने श्रेष्ठले जानकारी दिए। सरकारसँग समन्वय गरेर एनओसीले चाँडै दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक बोलाउने तयारी गरिरहेको उनले बताए।

एनओसी अध्यक्ष श्रेष्ठले सबै देश मंसिर १५ को मितिमा सहभागिता जनाउन प्रतिबद्ध रहेको बताइरहँदा भारतका एकजना वरिष्ठ खेलकुद पत्रकार सबा नायकनले भने भारतमा साग सहभागिताबारे निर्णय भइनसकेको जानकारी दिए।

प्रकाशित मिति: : 2019-08-05 09:08:21

प्रतिकृया दिनुहोस्