नारा एउटा, खरिद अर्कै, आत्मनिर्भर भएका औषधि धमाधम आयात

तस्बिरः एजेन्सी

काठमाडौं। सरकारले नेपाली औषधि उद्योगको आधारभूत संरक्षण गर्ने नारा कार्यान्वयन गर्नै सकेको छैन । अर्कोतर्फ उद्योगमैत्री वातावरण पनि छैन विप्लव अधिकारी  प्रवक्ता, औषधि उत्पादक संघआत्मनिर्भर भएका औषधिहरूलाई विदेशबाट आयात रोक लगाउने विषयमा उच्चस्तरमा छलफल भइरहेको छ । रोक नै लगाउने भनेर राजपत्रमै सूचना भने प्रकाशित भइसकेको छैन

पानबहादुर क्षत्री, महानिर्देशक, औषधि व्यवस्था विभाग सरकारले नेपाली औषधि उद्योगलाई आधारभूत संरक्षण दिने नीति ल्याए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । सरकारले औषधि उद्योगको विकास र वृत्तिका लागि पहल थाल्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले एकातिर स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने अर्कोतर्फ विदेशी कम्पनीहरूको निरीक्षण गरेर बर्सेनि २५ देखि ३० वटा नयाँ कम्पनी थपिरहेको पाइएको छ ।

नेपाल औषधि उत्पादक संघका प्रवक्ता विप्लव अधिकारीले आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउन सके मात्रै नेपाली औषधि उद्योग फस्टाउने बताए ।

औषधि व्यवस्था विभागले तत्कालीन स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन सन्दर्भमा कार्ययोजनासहित विवरण पठाएको थियो । कार्ययोजनामा नेपालमै उत्पादित ३० प्रकारका औषधि २०७४ असार मसान्तदेखि लागू हुने गरी आयातमा रोक लगाइने भनिएको छ ।

 

–नेपाल ८० प्रकृतिका औषधिमा आत्मनिर्भर 
बर्सेनि औषधिका लागि विदेशका नयाँ कम्पनी थपिँदै

 

यसरी आत्मनिर्भर भएका औषधिमा एल्वेन्डाजोल, एमोक्सिलिन, एजिथ्रोमाइसिन, ट्रिमेथोरपिन, मेट्रोनिडाजोल, डिक्लोफेन्याक, एन्टासिड, ओब्रिप्राजोल, पेन्टाप्राजोल, रेनिटिडिन, भिटामिन, प्यारासिटामोल रहेका छन् ।

यस्तै, कफसिरफ, इन्जाइम, ओरल रिहाइड्रेसन, आइबुप्रोफेन, सेट्रिजिन, इन्डोमेथासिन, टिनिडाजोल, अल्बेन्डाजोल–भेट, अक्सिक्लोनाजाइड–भेटलगायत रहेका छन् ।

यस्तै, लेभामिसोल–भेट, प्यारासिटामोल –भेट,अक्सिटेट्रयासाइक्लिन–भेट, कालामास लोसन, क्याल्सियम कार्बोनेट, जेन्सन भोइलेट, निमेसुलाइड, ट्रामाडोल, साइप्रोहेप्टाडिन रहेका छन् । आत्मनिर्भर भएका भनिएका यी औषधि अहिले पनि विदेशबाट धमाधम आयात भइरहेका छन् ।

हाल देशभर ५३ औषधि उद्योगले यलोपेथिक प्रकृतिका औषधि उत्पादन गर्दै आएका छन् । अझै ३० वटा नयाँ उद्योग सञ्चालनको तयारीमा छन् । हाल नेपालमा करिब तीन सय प्रकृतिका औषधि उत्पादन हुँदै आएका छन् । बजारमा झन्डै ९ सय थरीका औषधि बिक्री वितरण भइरहेको छ ।

प्रकाशित मिति: : 2019-07-26 08:09:26

प्रतिकृया दिनुहोस्