विपद्‌पछि देउवाको तराई-मधेस दौडाहा किन?

सुनसरीमा शनिबार बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्दै देउवा। तस्बिर : रासस

काठमाडौं- वर्षायामको सुरुवातमै ४ दिनसम्म देशभर अविरल वर्षा भयो। वर्षापछिको बाढी, पहिरो तथा डुवानका कारण ९० जनाको मृत्यु भयो।

गृह मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार हालसम्म ३ हजार ६ सय ६६ जनाको उद्दार गरिएको छ। २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका थिए।

लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरका जनता प्रभावित भए। पहाडी क्षेत्रमा जनको क्षति धेरै भएको छ भने तराईका जिल्लामा धनको क्षति धेरै हुन पुग्यो।

विपत्तिले निम्त्याएको दुःखदायी परिस्थितिमा देश तथा विदेशबाट पनि नेपालीहरुले सहानुभूति प्रकट गरेकै छन्। कतिले शाब्दिक सहानुभूति प्रकट गरेका छन् भने कतिपयले भौतिक रुपमै राहत तथा उद्धारमा खटिएर मानवीय धर्म र सहानुभूति जताइ रहेका छन्।

राजनीतिक तहबाट प्रकट भएका सहानुभूतिमा विशेष गरि कांग्रेस सभापति शेरबहादुर देउवाको व्यवहार अर्थपूर्ण छ।

देउवा बाढी डुबानले बढी ग्रसित तराई-मधेसका जिल्लाको दौडाहामा छन्। यसको सुरुवात उनले ३० असारमा विज्ञप्ति निकालेर गरेका थिए। जतिबेला अविरल वर्षा रोकिएको थिएन, तर विपत्तिको असर देखिन भने सुरु भइसकेको थियो।

प्राकृतिक विपत्तिको यस समयमा कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने उनले विज्ञप्ति मार्फत जनाएका थिए।

प्रकाशित मिति: : 2019-07-21 14:26:46

प्रतिकृया दिनुहोस्