फाइभजीले कस्तो क्रान्ति ल्याउँदैछ?

फाइभ जी सांकेतिक इमेज। तस्बिरः नेपालखबर

एउटा पूरा फिल्म केही सेकेन्डमै डाउनलोड गर्न सकिने चर्चा वर्षौँदेखि चलिरहँदा फाइभजीले त्यसलाई वास्तविकतामा परिणत गर्दैछ। गत अप्रिलमा अमेरिकन टेलिकम भेराइजनले शिकागो र मिनेपोलिसका केही भागमा आफ्ना मोबाइल फाइभजी नेटवर्कमा रुपान्तरण गर्‍यो। 

भेराइजनले फाइभजी सेवालाई असीमित योजना भन्दै यसले हरेक महिना कम्पनीको खर्च १० डलरले बढ्ने उल्लेख गरेको छ। सामसङले यसैलाई पछ्याउँदै ग्यालेक्सी एस१० फाइभजी सार्वजनिक गरिसकेको छ। कम्पनीको पहिलो फाइभजी फोन पनि यो नै हो।

अमेरिकाकै अर्को टेलिकम स्प्रिन्टले पनि डल्लास, हस्टन, कान्सास सिटी र एटलान्टामा मे ३० देखि फाइभजी नेटवर्क प्रयोग सुरु गरेको छ। यो नेटवर्क प्रयोग गर्न ग्राहकलाई एलजीको नयाँ भी५० थिन्क्व आवश्यक पर्छ।

अन्य फोन निर्माताहरु जेट्टीई र हुवावेले आफ्नै फाइभजी डिभाइस बनाउने घोषणा गरेका छन्। यो लेखमा अहिलेसम्म घोषणा गरिएका सबै फाइभजी फोनहरुबारे उल्लेख गरिनेछ।

फाइभजीबाट के आशा गर्ने?
एक जना एप्पलका चर्चित विश्लेषककाअनुसार कम्पनीले आगामी वर्ष (सन् २०२० मा) ६.७ इन्च र ५.४ इन्च मोडलका दुई किसिमका फाइभजी फोन ल्याउँदैछ। स्प्रिन्टको फाइभजी नेटवर्क अहिले चार सहरमा उपलब्ध छ। यदि ग्राहकसँग एलजीको नयाँ भी५० थिन्क्व वा एचटीसीको फाइभजी हब छ भने ती स्थानमा उनीहरुले फाइभजीको गति र क्षमता आफैँ अनुभव गर्न सक्छन्। स्प्रिन्टको नेटवर्क प्रविधि भेराइजनको भन्दा फरक छ। यसले धेरै क्षेत्रलाई ‘कभर’ गर्न सक्छ भने डाउनलोड पनि द्रुतगतिमा गर्न सक्छ।

सामसङले भर्खरै सार्वजनिक गरेको १ हजार २ सय ९९ डलर मूल्यको एस१० फाइभजी फोन भेराइजनको फाइभजी नेटवर्कसँग सम्बन्धित छ। उक्त फोन ६.७ इन्चको डिस्प्ले, ६ वटा क्यामरा लेन्स जसमा दुईवटा डेप्थ सेन्सिङ टाइमका फ्लाइट सेन्सरहरु रहेका छन्। यो रिपोर्ट तयार पार्ने सिलसिलामा हामीलाइ फाइभजीको गतिबारे चासो थियो। फोनले १ जीबीपीएस पूरा गर्‍यो। औसत डाउनलोडहरु ७ सय एमबीपीएस भए। जे भए पनि उक्त फोन एलटीई ग्यालेक्सी एस१० भन्दा एकदमै द्रुतगतिको प्रस्तुति दिन सक्षम भयो।

क्वाल्कममा फाइभ–जी हेर्ने बजार निर्देशक इग्नासियो कन्ट्रेराले सन् २०१८को अन्त्यतिर कम्पनीको सम्मेलनमा भनेका थिए, ‘फाइभजीको ग्रहण फोरजीभन्दा द्रुतगतिमा हुनेछ।’ यो प्रविधि केबल द्रुत क्षमता र गतिको स्मार्टफोनका लागि मात्रै होइन। उच्चतम गतिले एक खालको नयाँ अनुभव प्रदान गर्नेछ। कारहरु र स्मार्ट घरहरुसँग अन्र्तसम्बन्धित रहनेछ। यो भनेको एउटा यस्तो संसार हो जहाँ मेसिनहरु एकअर्कासँग कुरा गर्छन्।

नयाँ फाइभजी संसारमा पस्न तपाईंलाई नयाँ फोनको आवश्यकता पर्नेछ। किनभने यो नयाँ प्रविधि पुराना ह्यानसेटमा छैन। ‘फाइभजी पोस्ट–स्मार्टफोन युग हुनेछ’, फाइभजी व्यवसाय र प्रविधिका लागि इन्टेलका जनरल म्यानेजर रोबर्ट जे.टोपोल भन्छन्, ‘फोनहरुबाटै सर्वप्रथम यो प्रविधि आउनेछ।’

प्रकाशित मिति: : 2019-07-21 14:24:01

प्रतिकृया दिनुहोस्