नेपालमै 'पानीजहाज' बन्दै, दुई महिनामा 'नारायणी नदीमा चल्न थाल्ने'

तस्बिरः बिबिसि

चितवनका युवाहरू मिलेर 'रिभर क्रूजशिप' अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन्।

राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा छ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ।

उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्।

"म युरोपमा भएको बेला स्वीडनबाट फिनलन्डसम्म क्रूजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो," कँडेलले भने।

त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए।

यसरी बन्दैछ पानीजहाज

नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको कँडेलको दाबी छ।

पानीजहाज

त्यसका लागि सिङ्गापुर, मलेशिया, चीन, जर्मनी र भारतका क्रूज निर्माता कम्पनीहरूमा गएर अवलोकन गरिएको उनले बताए।

नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए।

पानीजहाज

पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ।

भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ।

प्रकाशित मिति: : 2019-07-20 17:22:03

प्रतिकृया दिनुहोस्