विवाह भाडिँदा विवाद, केटाका बाबुको कुटपिटपछि मृत्यु, जाहेरीलगत्तै तीन वडाध्यक्ष फरार

तस्बिरः नेपालन्युज

केटी पक्षले विवाहको तयारी गरिसकेको अवस्थामा केटाले मन नपराएपछि सुरु भएको विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु नै भएको छ भने विराटनगर महानगरपालिकाका तीन वडाध्यक्ष कर्तव्यज्यान मुद्दामा मुछिएका छन्। आफूविरुद्ध मुद्दै दर्ता भएपछि तीनैजना वडाध्यक्ष फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डिएसपी राजकुमार खिम्जुले विवाहको नाममा सुरु भएको झगडालाई लिएर २९ गते मुद्दा दर्ता भएको जानकारी दिए।

विवाद के हो ?

गत जेठमै विराटनगर महानगरपालिका–१८ का भोला यादवकी छोरी विवाह श्यामानन्दनका छोरा राजेशसँग तय भयो। कुरा छिनेलगत्तै केटी पक्षले केटा पक्षलाई ५१ हजार रुपैयाँसमेत दियो।

बाबुले विवाह तय गरेपछि राजेशले केटी मन पराएनन्। भाइ मुकेशलाई केटी हेर्न पठाए । र, भाइ मुकेशले केटी मन पराएनन् । केटी पक्षले विवाहको सबै तयारी गरिसकेको अवस्थामा विवाह इन्कार गरेसँगै सुरु भएको विवादले एकपछि अर्को समस्या निम्त्याउँदै गयो।

प्रकाशित मिति: : 2019-07-17 13:13:07

प्रतिकृया दिनुहोस्