‘छौंडा’ सत्ताको उन्माद !

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको ट्विटले नेकपाभित्रै विवाद सिर्जना गरेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले एकाबिहानै आलोचक र सरकारका कार्यशैलीप्रति असहमति प्रकट गरिरहेकाहरूलाई ‘छौँडा’को संज्ञा दिएपछि सामाजिक सञ्जालमार्फत नै उनको व्यापक आलोचना भइरहेको छ ।

आइतबार बिहानै रिमालले काव्यिक शैलीमा यस्तो ट्विट गरेका थिए ।
“भनिन्छ, छौँडाहरू
आफैँ चलमलाउँदैनन्,
कसैले छोड्छन्, 
दुःख दिन्छन् !
यी छौँडाहरू 
आफैँ चलमलाएका हुन् की
कसैले छोडेका ?”

उनले ठ्याक्कै कसलाई भन्न खोजेका हुन्, ट्विटले भन्दैन । तर, ट्विटको लाक्षणिक अर्थभित्र पस्ने हो भने उनको अभिव्यक्ति सिधै सरकार विरोधीतिर सोझिन्छ । सरकारको कार्यशैलीप्रति असहमति जनाइरहेका जमात र आलोचक वृत्तलाई ठेगान लगाउन उनले अमर्यादित, अशिष्ट र ‘रूढ शब्द’को सहारा लिए । 
आलोचकप्रति कटु शब्द प्रयोग गर्दा दुईदुईपटक मुख्य सल्लाहकारको भूमिका निर्वाह गरिसकेका रिमाल नेकपाभित्रै विवादमा परेका छन् ।

प्रकाशित मिति: : 2019-07-08 09:21:52

प्रतिकृया दिनुहोस्