मनसुनमा छाताः यस्तो छ रोचक इतिहास

जसै मनसुन सुरु हुन्छ, रंगीचंगी छाताको फेसन उत्कर्षमा पुग्छ । उपयोगिताको हिसाबले छातालाई ‘टु इन वान’ भने हुन्छ । किनभने यो दुबै अवस्थामा काम लाग्छ, चर्को घाम छल्न र दर्के झरीमा ओत लाग्न ।

छाता फेसन मात्र होइन, बहुउपयोगी जिनिस पनि हो । चाहे घाम लाग्दा होस् वा पानी पर्दा, छाता चाहिन्छ । त्यसैले यस सिजनमा बाहिर हिँडडुल गर्नुअघि छाताको बन्दोबस्ती गर्नैपर्छ ।

अहिलेका तन्नेरी पुस्तामा छाताको फेसन चलेको छ । उनीहरु केवल घामको सोझो विकिरणबाट छालाको सौन्दर्य बचाउन मात्र छाता ओड्दैनन्, न झरी छल्नका लागि नै । यो पुस्ताका निम्ति छाता भनेको फेसन पनि हो । त्यही कारण त उनीहरु जस्तोपायो त्यस्तै छातामा चित्त बुझाउँदैनन् । छाता खरिद गर्नुअघि त्यसको बनौट, डिजाइन र रंगमा पनि ख्याल गर्छन् ।
प्रकाशित मिति: : 2019-06-30 10:59:17

प्रतिकृया दिनुहोस्