वायुसेवा निगमसँग पाइलट आङनुरीको 'बार्गेनिङ'

काठमाडौं– नेपाल एयरलाइन्समा वाई–१२ जहाज उडान गर्दै आएका आइपी (प्रशिक्षक) पाइलट आङनुरी शेर्पाले नाटकीय रोल खेल्न थालेका छन्। आङनुरीको नाटकीय रोलको श्रृंखला भने २०७४ असारपछि सुरु भएको हो।

खुला प्रतिस्पर्धाबाट आङनुरी नेपाल एयरलाइन्समा नवौं तहको सिनियर पाइलटको रुपमा सन् २०१४ मा प्रवेश गरेका थिए। नेपाल एयरलाइन्स प्रवेश गरेपछि नुरी नेपाल एयरलाइन्सको खर्चमा २०१४ डिसेम्बरमा वाई–१२ जहाज उडानको तालिमका लागि चीन गएका थिए। तालिममा चीन जाँदा नुरीले तालिममा लाग्ने ३० लाख रुपैयाँ प्रतिवर्ष ५ लाख रुपैयाँका दरले ६ वर्षमा चुक्तान गर्नेगरी सम्झौता गरेका थिए।

तर, नेपाल एयरलाइन्सको २०७४ असार २१ गते बसेको सञ्चालक समितिको बैठकले शेर्पालाई अयोग्य भनेर बर्खास्त गरेको थियो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर भएका थाहा भएसँगै जागिरबाट निगममा सधैँका लागि स्थायी सेवामा अयोग्य हुनेगरी बर्खास्त भएका थिए।

बर्खास्त गर्दासम्म नुरीले लगभग ३ वर्ष सेवा गरेका थिए। ३ वर्षको सेवाबाट उनले नेपाल एयरलाइन्सलाई १५ लाख रुपैयाँ मात्रै बुझाएका थिए। यसै बीचमा फेरि निगमले नुरीलाई वाई–१२ जहाजको आइपी पाइलट बनाउन भन्दै २०१५नोबेम्बरमा चीन पठाएको थियो।

प्रकाशित मिति: : 2019-06-14 09:37:19

प्रतिकृया दिनुहोस्