चीनद्वारा श्वेत पत्र जारी, अमेरिकाले ३ पटक वचन उल्लङ्घन गरेको आरोप

बेइजिङ- चीनले 'चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान' सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ।

चीनको राज्य परिषद्‌को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले ३ पटक आफ्नो वचन उल्लङ्घन गरेको बताइएको छ।

चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ। तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ। महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन।

प्रकाशित मिति: : 2019-06-10 06:07:11

प्रतिकृया दिनुहोस्