शून्य समयः बाबुराम भट्टराईको नयाँ अवधारणा र टुरिष्ट ओलीको बेलायत भ्रमण

तस्बिरः देशसञ्चार

जेठ महिना नेपालमा दुर्घटना र षड्यन्त्रको सन्देश लिएर आएको महिना हो। यदि एक दुइवटा दृष्टान्तका आधारमा विष्लेष गर्ने हो भने दरबार हत्याकाण्ड यस महिनामा घेटेको थियो १८ वर्ष पहिला। राजा वीरेन्द्रको वंश नाश, दरबारको आफ्नै परम्परा, मान्यता र परिवेशमा एउटा क्रुद्ध युवराजले कुण्ठा पोख्दा इतिहासले नयाँ मोड लिएको थियो नेपालमा। यद्यपि,ठूला राजनीतिक हत्यामा जहिले पनि षड्यन्त्रको आशंका रहने गर्छ, अमेरिकामा जोन एफ केनेडीको, भारतमा राजीव गान्धीको मृत्युमा देखिए जस्तै।

दरबार हत्या काण्डको आठ वर्षअघि अर्का एक राजनेताको मृत्यु भएको थियो सडक दुर्घटनामा, चितवनको दास ढुंगामा। नारायणी नदीमा जीप खसेपछि नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव मदन भण्डारीको शव घटनाको केही दिनपछि चितवनको गुञ्‍जनगर गाउँ विकास समिति नजिकको नारायणी नदीमा फेला परेको थियो।जबकी अर्का नेता जीवराज आश्रितको शव तत्काल घटनास्थल नजिकैबाट फेला परेको थियो।एउटा विवादित प्रश्‍न उठ्यो, जुन अस्वभाविक थिएन। गाडीका चालक अमर लामा कसरी बँचे र दुई यात्रुको कसरी मृत्युको मुखमा धकेलिए।

प्रकाशित मिति: : 2019-06-09 15:33:25

प्रतिकृया दिनुहोस्