चिनियाँ विदेशमन्त्री र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटवार्ता

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो।

चिनियाँ नेता वाङको यस पटकको भेटवार्ता मुख्यतः तीन मुद्दामा केन्द्रित रहेको बताइएको छ।

मदन भण्डारी विश्व विद्यालय, कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ ।

चिनियाँ विदेशमन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: : 2019-09-09 18:31:14

प्रतिकृया दिनुहोस्