मन्त्रीका दाजु र एमबीबीएस विद्यार्थीको खोजीमा काठमाडौं प्रहरी

शिवप्रसाद ढकाल तथा शिशिर खनाल

प्रहरीको टोली सोमबार (२० जेठ २०७६) तालिमप्राप्त कुकुरसहित कीर्तिपुर आसपासको जंगल क्षेत्रमा सक्रिय थियो।

महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कीर्तिपुरबाट खटिएको टोली पुष्पलाल पार्क, भाजंगलसहितका क्षेत्रमा दिनभर सक्रिय रह्यो।

प्रहरीको खोजीकार्यलाई स्थानीयले विप्लव समूहसँग जोडेर हेरे। कुकुरसहित प्रहरीको ठूलो समूह देख्दा सबैले विप्लव कार्यकर्ताको खोजी भइरहेको अनुमान लगाए। डीएसपी होविन्द्र बोगटी नेतृत्वमा रहेको प्रहरी टोली १५ जेठदेखि निरन्तर यो क्षेत्रमा परिचालन भइरहेछ। तर विप्लव समूहका नेता कार्यकर्ता खोज्न होइन।

प्रहरीको खोजी सूचीमा संघीय कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल र काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत शिशिर खनाल छन्। मन्त्रीका दाजु हराएको आज ८ दिन भएको छ। खनाल हराएको ६ दिन भएको छ।

प्रकाशित मिति: : 2019-06-07 08:41:41

प्रतिकृया दिनुहोस्