त्यो फैसला, जसले रियल स्टेट व्यवसायी कालु गुरुङलाई सर्वोच्च धाउन बाध्य बनायो

कालु गुरुङ

काठमाडौं– नेपालको रियलस्टेट क्षेत्रका चर्चित व्यवसायी कालु गुरुङ गुठीको जग्गा विवादमा २ वर्षदेखि सर्वोच्च धाइरहेका छन्। 

२०६७ बैसाख १४ गते राजीनामा पास गरेर गुरुङले काठमाडौं बुढानीलकण्ठका २ कित्ता जग्गा आफ्नो नाममा ल्याएका थिए। बुढानीलकण्ठ-७ मा रहेको जग्गा गुरुङले आफ्नो कम्पनी रोड शोको नाममा चाबहिल मालपोत कार्यालयबाट श्रेस्ता कायम गराए। कित्ता नम्बर ८४ को २ रोपनी १४ आना १ दाम र कित्ता नम्बर ८६ को ६ आना १ पैसा जग्गा उनले आफ्नो नाममा लिखत पास गरेको देखिन्छ। त्यो ३ रोपनी ४ आना २ दाम जग्गा उनैले भोगचलन गर्दै आएका थिए। 

उक्त जग्गा पहिले पशुपति महास्नान गुठीको थियो।

पछि पोता गुठी अन्तर्गतका सम्पूर्ण जग्गा गुठी अधीनस्थ हुने भनी मुद्दा सकार गर्ने शारदा भण्डारीविरुद्ध वेदप्रसाद भट्टराई समेतले मुद्दा हाले। यसमा सर्वोच्चले २०६८ पुस २९ गते फैसला गरेको थियो। सोही फैसलाले गुरुङलाई सर्वोच्च धाउन बाध्य बनायो।

पशुपति महास्नान गुठीको उक्त जग्गा गुठीकै रहेकाले व्यक्तिको नाममा हुन नसक्ने सर्वोच्चले फैसला गर्‍यो। सोही फैसलालाई आधार बनाएर गुठी संस्थानले गुरुङको कम्पनीको जग्गा रोक्का गर्‍यो।

प्रकाशित मिति: : 2019-06-06 15:34:19

प्रतिकृया दिनुहोस्