ओली– प्रचण्ड समान हैसियतको अध्यक्ष भएपनि अहिले प्रचण्ड सहयोगी जस्तै बन्नुभएको छ : वामदेव गौतम

बामदेव गौतम

पार्टी एकतादेखि नै बामदेव गौतमका केही ‘रिर्जरभेसन’ छन् । उनले आफ्ना मत कहिले लिखित त कहिले मौखिक रूपमा पार्टी बैठक र मिडियामार्फत् राख्दै आएका छन्। सरकारको कार्यशैलीसँग असन्तुष्ट गौतमको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध पनि त्यति समुधुर छैन । त्यसो त उनी आफै मान्छन्, प्रचण्डसँग पनि पहिलाको जस्तो छैन ।

पछिल्लो समय उनी ‘एक व्यक्ति एक पद’का पक्षमा उभिएका छन् र पार्टी एकता हुँदाको सहमति कार्यान्वयन हुनुपर्छ नभए पार्टी एकता विथोलिन सक्छ भनेर उनले बताइसकेका छन् । नेकपामा पछिल्ला समय भएको शक्ति र सत्ता सङ्घर्ष, वैचारिक बहसलगायत विषयमा केन्द्रित रहेर रातोपाटीका लागिबबिता शर्माले नेकपाका सचिवालय सदस्य नेता गौतमसँग कुराकानी गरेकी छन् ।

विगत हेर्दा तपाईं केही न केही गरिरहने नेता हो । पार्टी एकतापछि जिम्मेवारीविहीन भएर बस्नुपर्दा कस्तो अनुभव गर्नुपर्यो ?

पार्टी एकीकरणपछि सरकारका विकास र सुशासनका प्राथमिकताका सम्बन्धमा रिपोर्ट तयार पार्ने जिम्मा दिइयो । हामीले दुई महिना लगाएर रिपोर्ट तयार पार्यौं । एकीकरणअघि नै त्यो जिम्मेवारी पुुरा गरी समयमै  दुईवटा अध्यक्षलाई रिपोर्ट बुझाएका हौं ।

त्यसमा आधारित भएर नीति कार्यक्रम बन्नुपथ्र्यो तर नीति कार्यक्रम बनेन, बजेट पनि तद्नुरुप आएन हाम्रो प्रतिवेदनलाई बिलकुलै बेवास्ता गरिए जस्तो महशुस भयो । त्यसपछि म आफ्नो स्वअध्ययन चिन्तनमा लागेँ । केही दिन पहिलेसम्म मलाई कुनै जिम्मेवारी दिइएको थिएन । कुनै बैठकमा बोलाए जाने, बाँकी समय देश कसरी छिटो विकास हुन्छ भन्नेमा केन्द्रित रहेर अध्ययन गरेँ ।

 
प्रकाशित मिति: : 2019-06-06 09:52:54

प्रतिकृया दिनुहोस्