त्रिवि सेवा आयोगको विवाद चुलिँदै : अनसनले छोएन सरकारलाई

पालमुनि विद्यार्थीहरुको अनसन

जेठको टन्टलापुुर घाम र बेला न कुबेला परिरहने झरी । पानी र घाम राम्रोसँग नओत्ने सानो पाल । पालमुनि विद्यार्थीहरुको अनसन । अनसनको आज सोह्रौँ दिन । अनसनमा ज्वरो रुवाखोकी र झाडापखालाको डर । अनसनमा ऐक्यबद्धता जनाउन हजारौँ मानिस आइसके । तर अनसनले न त्रिवि सेवाका कर्मचारीलाई छोएको छ न सरकारलाई । 

त्रिवि सेवा आयोगले सञ्चालन गरेको परीक्षाको नतिजा खारेजीलगायत तीन बुँदे माग राखी जारी यो अनसन तत्काल टुङ्गिने कुनै लक्षण देखिएको छैन ।  

अनसन मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी निकट विद्यार्थी सङ्गठनकी उपाध्यक्ष शिलुु न्यौपानेको नेतृत्वमा सुुरु भएको हो । १२, १२ घण्टाको रिले अनसनमा १०, १० जना पालै पाले बस्ने गरेका छन् । 

अझ, अनसनकारीलाई असुुरक्षाको डरले पनि सताएको छ । रातको समयमा चितुुवा आउने कारण सुुत्नै नसकेको गुुनासो उनीहरुको छ । अनसन बसेका अखिल क्रान्तिकारीका जिल्ला संयोजक सङ्घर्ष दाहाल भन्छन्, ‘त्रिवि सेवाकै पदाधिकारीबाट हाम्रो अनसन विथोल्नको लागि एउटा मानिसलाई हल्ला गर्नका लागि ल्याइयो । आयोगका पदाधिकारीहरुमा कुुनै मानवीयता देखिएको छैन ।’ 

त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट कर्मचारीलाई तत्काल बर्खास्त गर र अवैधानिक रूपमा प्रकाशित गरिएको नतिजा खारेज गर भन्ने माग राखेर उनीहरुले अनसन सुुरु गरेका हुुन् । तर त्रिवि सेवा आयोगमा अध्यक्ष चैतन्य शर्र्माले उनीहरुले राखेको माग पूरा गर्न नसकिने जिकिर गरे । उनी भन्छन्, ‘हामी उहाँहरुका कुनै पनि माग सम्बोधन गर्न सक्दैनौँ ।’

प्रकाशित मिति: : 2019-06-04 14:59:53

प्रतिकृया दिनुहोस्