के नेपालमा अमेरिकी सेनाको ‘लिली प्याड’ छ?

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डर एड्माइरल डेभिड्सन नेपाल भ्रमणका क्रममा पाँचखालस्थित नेपाली सेनाको तालिम केन्द्रमा खिचिएको तस्विर। फाइल तस्विर

अमेरिकाका पूर्व सहायक उपरक्षामन्त्री इल्ब्रिदग कोल्बीले एउटा अनुसन्धान लेखमा नेपालसहित विश्वमा अमेरिकी सैनिकको उपस्थितिबारे उल्लेख गरेका तथ्यले नयाँ चासो सिर्जना गरिदिएको छ।

कुटनीतिक वृत्तको प्रतिष्ठित म्यागेजिन फोरेन पोलेसीको अनलाइनमा प्रकाशित लेखमा चीन र रुसको बढ्दो प्रतिस्पर्धा जित्न कोल्बीले अमेरिकाले नयाँ सैनिक अवधारणा ल्याउनु पर्ने उल्लेख गरेका छन्। म्याजेगिनमा मे अंकमा प्रकाशित उनको लेखमा विश्वभर अमेरिकी सैनिक उपस्थित देखाउन नक्सामा संकेतहरु प्रयोग गरिएका छन्। सो ग्राफिक्समा नेपाली भूभागमा अमेरिकी सेनाको पुष्टि नभएको लिली प्याड रहेको उल्लेख छ।
 

लिली प्याड भनेको सानो सैनिक संरचना हो। यसको मौद्रिक मूल्य एक करोड अमेरिकी डलरभन्दा कम हुन्छ वा दस एकड जमिनमा भन्दा कममा फैलिएको हुन्छ। लेखले नेपालसहित भारत, श्रीलंका त्यस्तो संरचना रहेको औंल्याएको छ।

कोल्बीले आफ्नो लेखमा उल्लेख लेखमा अमेकिराका विश्वभर छरिएर रहेको सैनिक संरचनाका नक्सामा राखेका छन्। अमेरिकाको विश्वभर सैनिक उपस्थितिबारे अध्ययन गर्दै आएका अमेरिकन युनिभर्सिटीका प्राध्यापक डेभिड भिनको तथ्यांकको आधारमा तयार पारेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2019-06-04 08:22:26

प्रतिकृया दिनुहोस्