काठमाडौंका १० ठाउँ जसको नामको खास अर्थ सायद तपाईंलाई थाहा छैन

काठमाडौं – काठमाडौंको नाम काठमाडौं कसरी भयो? तपाईंलाई थाहै होला – एउटै रुखको काठबाट बनेको भनिने काष्ठमण्डपबाट यो सहरको नाम काठमाडौं रहन गएको हो।

जसरी एउटा पुरातात्विक संरचनाको नामबाट काठमाडौ सहरको नामाकरण भयो, त्यसरी नै यो सहरका विभिन्न बस्तीहरूको नामपछाडि पनि कुनै न कुनै ऐतिहासिक संरचना वा कारण जोडिएको छ।तर, २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सुरू गर्न नै तीन वर्ष लगाउने हामीले अरु कुन प्राचीन बस्तीको नाउँ कसरी रह्यो भन्नेतर्फ त ध्यानै दिएका छैनौँ।

काठमाडौंम यस्तो अव्यवस्थित सहरीकरण भएको छ कि कतिपय प्राचीन बस्तीकाे नाम जुराउने संरचनाहरू लोप भइसकेका छन्, वा हुने क्रममा छन्।

प्रकाशित मिति: : 2019-06-04 07:00:14

प्रतिकृया दिनुहोस्