सरकारमा समाजवादीको एक वर्ष : कति सफल कति असफल ?

तस्बिरः रातोपाटी

काठमाडौँ– समाजवादी पार्टी, नेपाल (तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल) सरकारमा सहभागी भएको आज एक वर्ष पुगेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग दुईबुँदे सम्झौता गरी सरकारमा सहभागी भएको तत्कालीन फोरम नेपालले उल्लेख्य केही गर्न नसकेपनि पार्टी एकीकरण गर्न भने सफल भएको छ । 

फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेको छ । फोरम नेपालको यो एक वर्षमा सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भनेको यही हो । हुन त राजपा नेपालसँग पनि एकीकरणका लागि पत्राचार भएको छ, तर उपलब्धि भने शून्य छ । 

फोरम नेपालले यो बीचमा महाधिवेशनको मिति पनि तय गरेको थियो । वैशाखमै महाधिवेशन गर्ने मिति तय भएको थियो । नयाँ शक्तिसँग एकीकरण भए पछि एकता महाधिवेशन असोजमा गर्नेतरी तयारी गरिएको छ । 

प्रकाशित मिति: : 2019-06-01 13:03:26

प्रतिकृया दिनुहोस्