शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल, अब महँगो खर्च गरेर विदेश जानु नपर्ने

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल(टिचिङ हस्पिटल)।

काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा पहिलोपटक कलेजो प्रत्यारोपण भएको छ।

तीन वर्षको ठूलो प्रयासपछि टिचिङका डाक्टर शुक्रबार मध्यराति पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएका हुन्।

प्रा. डा. रमेशसिंह भण्डारीको नेतृत्वको चिकित्सक टोलीले काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरेको हो।

उनलाई आफ्नी ३३ वर्षीया छोरीले कलेजाे दान गरेकी हुन्।

कलेजो प्रत्यारोपण गर्न साढे १६ घण्टा लागेको थियो। चिकित्सकका अनुसार शुक्रबार बिहान ८ बजे सुरु प्रत्यारोपण प्रक्रिया राति १२ बजेर ३० मिनेट जाँदा पूरा भएको थियो।

प्रत्यारोपणमा सहयोग गर्न भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा‍. निरव गौरको टोली टिचिङ हस्पिटल आएको थियो।

भारतमा एक करोडभन्दा बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन्। टिचिङ अस्पतालले वर्षमा १२ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ।

 

 
प्रकाशित मिति: : 2019-06-01 12:51:11

प्रतिकृया दिनुहोस्