राजदूतलाई ‘गफगाफ’ गर्न नदिनु कूटनीतिक ‘ल्याप्स’ हो

तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुससँग डा. सुरेश चालिसे । फाइल तस्बिर

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत साप्ताहिक रुपमा ‘राजदूतसँग गफगाफ’ सुरु गर्ने ट्विटमार्फत सार्वजनिक गरेपछि अघिल्लो साता नेपालको कुटनीतिक क्षेत्रमा एक खालको तरङ्ग उत्पन्न भयो । परराष्ट्र मन्त्रालयले राजदूत बेरीलाई बोलाएर त्यसबारेमा असन्तोष समेत व्यक्त गरेको छ । अमेरिकी राजदूतको नयाँ कार्यक्रमबारेमा नेपाली जनमत विभाजित जस्तो देखिएको छ ।
आखिर यसलाई कसरी लिने त ? तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार समेत रहिसकेका अमेरिका र बेलायतका लागि पूर्वराजदूत डा. सुरेश चालिसेसँग यसपालि हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, बाह्रखरीसँग उनले गरेको कुराकानीका मुख्य अंशहरुः

 
अमेरिकी राजदूतले सामाजिक सञ्जालमा ‘गफगाफ’ सञ्चालन गर्न लागेको कुराले केही विवाद जस्तो देखियो । कुटनीतिमा यो कत्तिको गम्भीर कुरा हो ?
उहाँले दूतावासका ४० लाख फलोअरहरुसँग भेट्न असम्भव हुने भएकाले सामाजिक सञ्जालमार्फत् सम्पर्क गर्ने भन्नुभएको रहेछ । परराष्ट्र मन्त्रालयले  बोलाएर गर्नुहुँदैन भन्यो भन्ने सुनियो । जुन दृश्य देखियो, यसले दुईटा कुरामा प्रश्न ल्याएको छ । ती दुइटा कुरा हुन् पब्लिक डिप्लोम्यासी र कुटनीतिक मामिला सम्बन्धी भियना अभिसन्धी । पब्लिक डिप्लोम्यासी गर्न पाइने कि नपाइने ? भन्ने प्रश्न नेपालमा उठेको छ । 

प्रकाशित मिति: : 2019-06-01 02:16:27

प्रतिकृया दिनुहोस्